दफा ७१
मुद्दा चलाउने हदम्याद
(१) दफा ३९, ४२, ४६, ४९, ५५, ५६ र ६२ बमोजिमको कसुर बाहेक अन्य कसुर गरेको तीन वर्ष नाघेपछि सैनिक अदालतमा मुद्दा चलाइने छैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि समय गणना गर्दा युद्ध बन्दी भएको वा शत्रुले आफ्नो इलाकामा मिलाएको वा कसुर गरी पक्राउमा नपरी बसेको समयको गणना हुने छैन ।